काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति नजनाएसम्म विश्वासको मत नदिने भएको छ।
आज सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति नजनाए विश्वासको मत दिन नसक्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताउनु भयो।
उहाँले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमामा लिखित सहमति जनाए मात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताउनुभयो।
चौधरीले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको चेतावनी दिनुभयो।