काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपनिर्वाचनमा भाग लिने औपचारिक निर्णय लिएको छ । आज पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको हो ।
उपसभापति डीपी अर्यालका अनुसार आजको बैठकले सोही दिन प्रदेश सभातर्फ बझाङ (१) मा हुने उपनिर्वाचनमा भने भाग नलिने निर्णय गरेको छ। एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो।
बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि रिक्त छ। रास्वपाले उपनिर्वाचनका दल दर्ता गर्ने निर्णय पनि गरेको छ। रास्वपाले इलाम २ मा उमेदवार को उठाउने भन्ने टुंगो लगाउन बाकी रहेको अर्यालले बताउनु भएको छ।