Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र ओलीको गोप्य भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीको गोप्य भेटवार्ता

  • सोमवार, फाल्गुण २८ २०८०

  • 1.5K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र ओलीको गोप्य भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

    भेटमा राष्ट्रियसभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरि तिमल्सिनाले जानकारी दिनुभयो।

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन भोली हुँदैछ भने समीकरण फेरिएपछि प्रधानमन्त्री प्रचण्डले पर्सि संसदबाट विश्वासको मत लिने तयारीमा हुनुहुन्छ।

    त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने अर्को तयारी छ।

    त्यसका लागि सरकारमा सहभागी पाँच दलका दुई दुई जना नेता सम्मिलित कार्यदल गठन भैसकेको छ ।


    सोमवार, फाल्गुण २८ २०८००२:१८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij