Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप जारी

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप जारी

  • सोमवार, फाल्गुण २८ २०८०

  • 1.1K
    SHARES

  • प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप जारी

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वपी जारी गरेको छ ।

    सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नुभएको हो ।

    आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थिति हुन कांग्रेसले निर्देशन दिएको छ । नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

    सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आइतवार संसद सचिवालयलाई पत्र पठाएका थिए ।


    सोमवार, फाल्गुण २८ २०८००२:०७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij