Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा अध्यक्षको निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

राष्ट्रियसभा अध्यक्षको निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

  • सोमवार, फाल्गुण २८ २०८०

  • 493
    SHARES

  • राष्ट्रियसभा अध्यक्षको निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि मतदान
    काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत सोमबार(आज) उम्मेदवारी दर्ता हुनेछ । 
        
    संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि)का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।  साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।
     
    मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ ।
     
    सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । उता नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।  
     
    ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसका उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल  हो । एमालेबाट १० जना सांसद छन् राष्ट्रिय सभामा छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।


    सोमवार, फाल्गुण २८ २०८००६:५८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij