Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसबाट सहयोग नपाएको माओवादीको तर्क, एमाले लचक र स्थिर (खास खबर)

कांग्रेसबाट सहयोग नपाएको माओवादीको तर्क, एमाले लचक र स्थिर (खास खबर)

  • आइतवार, फाल्गुण २७ २०८०

  • 897
    SHARES

  • कांग्रेसबाट सहयोग नपाएको माओवादीको तर्क, एमाले लचक र स्थिर (खास खबर)

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर बलियो र स्थायी सरकार निर्माणमा एमालेले गृहकार्य गरिरहेको छ भने प्रधानमन्त्री स्वयं अन्य दलहरूलाई रिझाउने प्रयत्नमा लागेको देखिन्छ । आफूलाई प्रतिपक्षमा राखेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रचण्डको विश्वास टुटेको बताइरहेको छ । राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले प्रचण्डको कार्यशैली छरपष्ट भइसकेकोले विश्वास गर्नुको कुनै तुक नभएको बताउनुभयो ।

    सिंगो बाम एकतालाई संस्थागत गर्न र विगतका त्रुटि सच्याउने कडीका रुपमा अहिलेको समीकरण हुने दाबा गर्दै आएको एमालेले यसलाई जोगाएर जाने प्रयत्न गरिरहेको छ । विगतका कमजोरीबाट पाठ सिक्दै र वैयक्तिक आचरणलाई माझेर आउने अवसर रहेको एमालेका प्रमुख सचेतक महेश बर्तौला बताउनुहुन्छ ।

    माओवादी पनि आफूले चाहेजति भाग पाएकोमा अहिलेको गठबन्धनबाट सन्तुष्ट देखिएको छ । तत्कालीन समयमा नेपाली कांग्रेसबाट घोकाधडी भएको माओवादीको ठहर छ । सरकारका मन्त्रीहरूले समेत प्रधानमन्त्रीलाई कमजोर बनाउने प्रयत्न गरेको माओवादी केन्द्रका सांसद राजन दाहालको दाबी छ । मन्त्रालयको प्रगति विवरण माग्दा समेत प्रधानमन्त्रीले नपाएको उहाँको तर्क छ । आन्तरिक रुपमा कम्युनिष्टलाई कमजोर पार्ने कांग्रेसको रणनीतिक चाल रहेको दाहालको इंगित छ ।

    राजनीतिक विश्लेषकहरूले भने प्रचण्डको अस्थिरपन आत्मरक्षाका लागि मात्रै रहेको दाबी गरेका छन् । विश्लेषक एवं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कांग्रेसको मूल नेतृत्वले अहिलेको अवस्थालाई आत्मसात् गरेपनि आम कार्यकर्ताहरूले नमान्दा माओवादी तर्सिएको बताउनुभयो ।

    सत्ता, पद, स्वार्थ प्रेरित राजनीतिको पराकाष्ठाले मुलुक अस्थिर बनिरहेको छ । राजनीतिक स्थायित्व नहुँदा धेरै अवसरहरू गुमिरहेका छन् । संघीयताको भावनालाई प्रस्ट्याउन नसकेका राजनीतिक शक्तिहरूमाथि वैकल्पिक शक्तिहरूले दबाब बढाएका छन् । यो संक्रमणको अवस्थामा राजनीतिक धैर्यता र गति सम्हालिन जरुरी छ ।


    आइतवार, फाल्गुण २७ २०८००८:१७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij