Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

  • आइतवार, फाल्गुण २७ २०८०

  • 2.1K
    SHARES

  • सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?
    काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । आइतबार(आज) छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला  एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चार सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २४ हजार चार सय थियो ।   
     
    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।
     
    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।


    आइतवार, फाल्गुण २७ २०८००२:१९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij