Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नयाँ समीकरणबारे कांग्रेसमा दुई धार, गठबन्धनधारी भन्छन् समयको माग (खबर खबर)

नयाँ समीकरणबारे कांग्रेसमा दुई धार, गठबन्धनधारी भन्छन् समयको माग (खबर खबर)

  • शनिवार, फाल्गुण २६ २०८०

  • 1.9K
    SHARES

  • नयाँ समीकरणबारे कांग्रेसमा दुई धार, गठबन्धनधारी भन्छन् समयको माग (खबर खबर)
    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियतामा परिवर्तन भएको सरकारको समीकरणप्रति कांग्रेसमा दुई धार देखिएको छ । कांग्रेसका कतिपय नेता कार्यकर्ताहरूले प्रचण्ड अस्थिर भएको बताउँदै आएका छन् भने कतिपयले कांग्रेसले महासमिति बैठकमा बेमौसमी प्रस्ताव ल्याएको जिकिर गरेका छन् । पाँच वर्षका लागि जनताको म्याण्डेड लिएर आएको दलले निर्वाचनको एकवर्ष अगाडि मात्रै गर्नुपर्ने गृहकार्य अहिले गर्दा समस्या भएको नेता कुन्दन काफ्लेको भनाइ छ । यसमा प्रचण्डको समेत सत्तालोलुपता पलाएको उहाँको जिकिर छ । 

    नयाँ गठबन्धनभित्र अटाएका दलहरूले भने यो समीकरणलाई समयको मागका रुपमा चित्रण गरेका छन् । हिजोको अवस्थामा गठबन्धनभित्र देखिएका समस्याहरूबाट जनता जाहेर रहेको बताउँदै माओवादी केन्द्रका नेता एवं पर्यटन मन्त्री हितबहादुर तामाङले बिना कारण सरकार परिवर्तन नभएको जिकिर गर्नुभयो । 

    अहिले बनेको नयाँ समीकरणमा धेरै दलहरूलाई अटाउने ओली–प्रचण्ड गृहकार्य चलिरहेका छ  । ससाना दलहरूलाई समेटेर सरकार मजबुत बनाउने दाउमा प्रधानमन्त्री प्रचण्ड देखिनुभएको छ । अहिलेसम्मको सहमति अनुसार ओली–प्रचण्ड दुई–दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको बाहिरिएको छ । तर, प्रधानमन्त्रीको भर छैन । यता, जनमत पार्टी सरकारमा जाने हल्लाका बीच प्रतिपक्षमा बसेको छ । जनमतका नेता एवं पूर्वमन्त्री अब्दुल खानले अहिले प्रतिपक्षमै बस्ने र विश्वासको मत दिनेबारे छलफलमा रहेको जानकारी दिनुभयो । 

    नेपालमा सरकार बन्ने र भत्किने खेल सामान्यजस्तै बनिसकेको छ । सरकारबाट बाहिरिनेहरू रोएका देखिन्छन् भने सरकार भित्रिनेहरू हर्षबढाई गरिरहेका हुन्छन् । तर जनताको अवस्था जहाँको त्यहीँ देखिन्छ । पटकपटक परिवर्तन हुने समीकरणले जबसम्म जनताका समस्यालाई छुँदैन तबसम्म राजनीतिक रमिताबाहेक केही हुनेवाला छैन । 


    शनिवार, फाल्गुण २६ २०८००६:५५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij