Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय, उम्मेदवार को ?

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय, उम्मेदवार को ?

  • शनिवार, फाल्गुण २६ २०८०

  • 1.2K
    SHARES

  • राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय, उम्मेदवार को ?

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिनेभएको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको छ।

    बैठकले उम्मेदवारी दिने तर उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा भने पछि निर्णय लिने निष्कर्षमा पुगेको कांग्रेसले जनाएको छ।

    आज बिहान राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो। उक्त बैठकले उम्मेदवारी दिने वा नदिने भन्ने विषयको टुंगो लगाएको हो।

    यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ।


    शनिवार, फाल्गुण २६ २०८००१:१८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij