Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

समृद्ध राष्ट्र निर्माण गर्न महिलाको जीवनस्तरमा सारभुत परिवर्तन हुनुपर्छ : राष्ट्रपति पौडेल

समृद्ध राष्ट्र निर्माण गर्न महिलाको जीवनस्तरमा सारभुत परिवर्तन हुनुपर्छ : राष्ट्रपति पौडेल

  • शुक्रवार, फाल्गुण २५ २०८०

  • 675
    SHARES

  • समृद्ध राष्ट्र निर्माण गर्न महिलाको जीवनस्तरमा सारभुत परिवर्तन हुनुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध राष्ट्र निर्माणका लागी सबैभन्दा पहिले महिलाको जीवनस्तरमा सारभुत परिवर्तन हुनुपर्ने बताउनु भएको छ। आज ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

    उहाँले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरी लागू गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने भएकाले पनि उनीहरुको उत्थानका लागि सबै तहका सरकारले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गरी लागू गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

    जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिताविना आर्थिक सशक्तिकरणका राष्ट्रिय आकांक्षा पूरा हुन असम्भवप्रायः देखिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक रहेको समेत बताउनुभयो ।

    राष्ट्रपति पौडेलले सभ्य र समुन्नत समाज निर्माणमार्फत लंैगिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालिन सोच प्राप्तिका लागि पनि महिला विकासको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले महिलाहरुले बढी श्रम गर्ने भएको उल्लेख गर्दै उनीहरुको श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि सबैमा अपिल गर्नुभयो।

    राष्ट्रपति पौडेलले नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकोतर्फ पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो।


    शुक्रवार, फाल्गुण २५ २०८००३:१८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij