Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीले पाएनन् अध्यक्षको मान्यता

रेशम चौधरीले पाएनन् अध्यक्षको मान्यता

  • बिहिवार, फाल्गुण २४ २०८०

  • 1.3K
    SHARES

  • रेशम चौधरीले पाएनन् अध्यक्षको मान्यता

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ । नाउपाको भर्खर सकिएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको थियो ।

    चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।

    ‘उहाँले अद्यावधि निवेदन दिनुभएको थियो । आयोगले राजनीति दलसम्बन्धी ऐन बमोजिम मिलेन, स्वीकार गरेन । पहिला जे थियो त्यही कायम भयो’, उहाँले भन्नुभयो ।


    बिहिवार, फाल्गुण २४ २०८००३:३१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij