Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘सरकार परिवर्तनको कारण असक्षम अर्थमन्त्री महत’: सोमप्रसाद पाण्डे

‘सरकार परिवर्तनको कारण असक्षम अर्थमन्त्री महत’: सोमप्रसाद पाण्डे

‘तीन महिनादेखी प्रधानमन्त्रीसँग बोलचाल बन्द थियो ’
  • बिहिवार, फाल्गुण २४ २०८०

  • 2.0K
    SHARES

  • ‘सरकार परिवर्तनको कारण असक्षम अर्थमन्त्री महत’: सोमप्रसाद पाण्डे

    काठमाडौं। नेकपा एकिकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले कांग्रेसकै कारण सरकार परिवर्तन भएको गम्भिर आरोप लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता पाण्डेले यस्तो आरोप लगाउनु भएको हो।

    नेता पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्थमन्त्रीले पटकपटक धोका दिएको र असहयोग गरेको भन्दै निवर्तमान अर्थमन्त्री डा. प्रकाशसरण महतमाथी आक्रोश पोख्नुभयो। उहाँले पछिल्लो तीन महिनादेखी प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा. महतबिच बोलचालसमेत बन्द भएको आरोप लगाउनु भयो।

    पछिल्लो तीन महिना महतले प्रधानमन्त्रीको फोनसमेत नउठाउने गरेको र सरकारका कामकाजमा समेत व्यबधान खडा गरेपछी बाध्यतावश रुपले सरकार परिवर्तन भएको दाबी गर्नुभयो।

    नेता पाण्डेले अर्थमन्त्री महत असक्षम रहेको र उनलाई परिवर्तन गर्न प्रधनमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गर्दा नमानेपछी सरकार परिवर्तन हुन पुगेको बताउनु भयो। उहाँले अहिले एमालेसँग बनेको गठबन्धन कम्युनिष्ट एकताको सुत्राधार हुने दाबीसमेत गर्नुभयो।


    बिहिवार, फाल्गुण २४ २०८००६:५८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij