Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त यी मन्त्रीहरूले लिए शपथ, मन्त्रीमण्डल २० सदस्यीय बन्यो

नवनियुक्त यी मन्त्रीहरूले लिए शपथ, मन्त्रीमण्डल २० सदस्यीय बन्यो

  • बुधवार, फाल्गुण २३ २०८०

  • 1.3K
    SHARES

  • नवनियुक्त यी मन्त्रीहरूले लिए शपथ, मन्त्रीमण्डल २० सदस्यीय बन्यो

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा समावेशमा भएका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिनुएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा एक कार्यक्रमका बिच नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो।

    गत सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा आज प्रचण्डले १६ जना मन्त्री थप गर्दै मन्त्रीमण्डल २० सदस्यीय बनाउनु भएको छ।

    सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्नु भएको छ। यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ।

    यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्नु भएको छ।

    यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने गरी कार्यविभाजन भएको छ।

    नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्नु भएको छ। जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो।


    बुधवार, फाल्गुण २३ २०८००८:०५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij