Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नवगठित सरकारको मन्त्रिपरिषद् १८ सदस्यीय, यी हुन् आज शपथ लिनेहरु...

नवगठित सरकारको मन्त्रिपरिषद् १८ सदस्यीय, यी हुन् आज शपथ लिनेहरु...

  • बुधवार, फाल्गुण २३ २०८०

  • 3.3K
    SHARES

  • नवगठित सरकारको मन्त्रिपरिषद् १८ सदस्यीय, यी हुन् आज शपथ लिनेहरु...

    काठमाडौं। नव गठित सरकारको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित सरकारमा तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेको थियो।

    आज प्रधानमन्त्री प्रचण्डले १४ जना मन्त्री थप गरेर १८ सदस्यीय बनाउँदै उनीहरूको कार्यविभाजन गर्दै राष्ट्रपति कार्यालयमा सूची पठाउनु भएको हो । प्रधानमन्त्री कार्यलय स्रोतले १४ जना मन्त्रीको आजै साझ ५ः४५ बजे शपथ हुने तय भएको जनाएको छ।

    सत्ता साझेदार दलमा भएको सहमतिअनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ। जसमा गिरीले यसअघि नै शपथ लिइसक्नु भएके छ।

    यस्तै माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्नुहुने भएको छ।

    यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्नेगरी कार्यविभाजन भएको छ। नवगठित वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी समावेश हुने भएका छन्।


    बुधवार, फाल्गुण २३ २०८००४:४८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij