काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । कोरोना संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।
तर प्रधानमन्त्री ओलीले कतिबेला संवोधन गर्ने भन्नेबारेमा अहिले केहिबेरपछि समय सार्वजनिक गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।