Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नयाँ गठबन्धनमा भागबण्डाको चटारो, पाँच महिनादेखि ओलीको प्रयास सफल, सरकारमा रास्वपाको ईन्ट्री पेचिलो बन्दै (खासखबर)

नयाँ गठबन्धनमा भागबण्डाको चटारो, पाँच महिनादेखि ओलीको प्रयास सफल, सरकारमा रास्वपाको ईन्ट्री पेचिलो बन्दै (खासखबर)

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 1.5K
    SHARES

  • नयाँ गठबन्धनमा भागबण्डाको चटारो, पाँच महिनादेखि ओलीको प्रयास सफल, सरकारमा रास्वपाको ईन्ट्री पेचिलो बन्दै (खासखबर)

    काठमाडौं। एमाले–माओवादीलगायत चार दल सम्मिलित नवगठबन्धनको भागबण्डामा चटारो छ । २०७९ साल पुस १० गते बनेको समिकरणको जगमा टेकेर भागबण्डाको टुंगो लगाइँदै छ।

    भागबण्डा टुंग्याउन एमालेका शंकर पोखरेल, रास्वपाका स्वर्णिम वाग्ले, माओवादी केन्द्रबाट वर्षमान पुन र जसपाबाट राजेन्द्र श्रेष्ठसहितको कार्यदल निर्माण गरिएको छ। नेकपा एकीकृत समाजवादी समेत समेट्ने प्रयत्न गरिएको छ ।

    नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफ्ना निश्चित शर्तहरु अघि सारेर सरकारमा सहभागिता जनाएको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जनताको आवाजलाई समेट्न र समृद्धिको दिशामा मुलुकलाई लैजान आफूहरु जिम्मेवारी लिन तयार भएको बताउनुभयो।

    नेपाली कांग्रेसले यो गठबन्धन घ्यू बेच्ने र खुकुरी बेच्नेको समिकरण भएको बताएको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसको आयू लामो नहुने दाबी गर्नुभयो। प्रचण्ड नेपाली राजनीतिको अस्थिर पात्रको संज्ञा दिँदै विश्वकर्माले स्वयं आफैले स्वीकारेको स्मरण गर्नुभयो। आफूहरु जिम्मेवार प्रतिपक्षीको भूमिकामा बस्न तयार रहेको उहाँको भनाइ छ ।

    समानुपातिक निर्वाचन प्रणालीका कारण कसैको पनि बहुमत नआउने भएकोले मुलुक अस्थिरताको भूमरीमा फसेको राजनीतिक विश्लेषक जैनेन्द्र जीवनको दाबी छ । संविधानमा भएका त्रुटीहरुलाई नसच्याएसम्म यही अवस्थाको सामना गरिराख्नुपर्ने उहाँको भनाइ छ ।

    राजनीतिक उथलपुथलको बीचमा धेरै प्रश्न उब्जिएका छन् । करिब ५ महिनादेखि यो गठबन्धन भत्काउनका निम्ति ओली सक्रिय भएको रहस्य खुलेको छ । यो गठबन्धनका निम्ति कम्युनिष्ट नेता, कार्यकर्ताहरु पनि लागेको भेद खुलिरहेका छन् ।

    आगामी दिनको यात्रालाई मजबुद पार्नका निम्ति सबै पक्षसँग सहकार्य गर्न आवश्यक देखिन्छ । यो प्रतिकुल अवस्थामा देशलाई निकास दिन सत्ता र प्रतिपक्ष उत्तिकै जिम्मेवार हुन जरुरी छ ।


    मंगलवार, फाल्गुण २२ २०८००८:०४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij