Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रविलाई प्रधानमन्त्रीको अफरमा यस्तो आयो कांग्रेसको जवाफ

रविलाई प्रधानमन्त्रीको अफरमा यस्तो आयो कांग्रेसको जवाफ

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 6.8K
    SHARES

  • रविलाई प्रधानमन्त्रीको अफरमा यस्तो आयो कांग्रेसको जवाफ
    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको दाबी गरेको छ।कांग्रेस शीर्ष स्रोतका अनुसार रवि लामिछानेले गठबन्धनमा आफूले मागेको पद सुरक्षित राख्न बजारमा हल्ला फैलाएको बताएका छन् । 
     
    राष्ट्रिय स्वतन्त्र पार्टीका केही व्यक्तिहरूले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर भन्दै सामाजिक संजाल र केही मिडियाहरूमा बताउने गरेका थिए । तर कांग्रेसले उक्त प्रस्ताव नगरेको स्रोतले दाबी गरेको छ । 
     
    ‘गठबन्धन बैठकमा गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति नभएका खबर आएका छन्। त्यसैले उनीहरूले नै कांग्रेसले प्रधानमन्त्री अफर गरेको छ भनेर मनगढन्ते प्रचार गरेको हुनुपर्छ, कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन,’ स्रोतले भन्यो।
     
    प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरूलाई बर्खास्त गर्दै नयाँ मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । आइतबार राति कांग्रेससहितको गठबन्धन सरकार टुटेर एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धन सरकार बनेको थियो । 
     
    नयाँ गठबन्धनमा रवि लामिछानेले गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान राख्नुभएको छ भने सोही मन्त्रालयमा एमाले र माओवादीले पनि दाबी छोडेको छैन । यही दाबी बलियो बनाउन अफवाह फैलाएका हुन सक्ने कांग्रेस स्रोतले आरोप लगाएको छ ।
     


    मंगलवार, फाल्गुण २२ २०८००७:२५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij