काठमाडौं। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ।
आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस उपसभापति धनराज गुरुङले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो।
आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धन बनाउनु भएको थियो।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ। नयाँ गठबन्धन बनेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।