Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कर्णाली सरकारबाट समर्थन फिर्ता लिएरै बाहिरियो कांग्रेस

कर्णाली सरकारबाट समर्थन फिर्ता लिएरै बाहिरियो कांग्रेस

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 761
    SHARES

  • कर्णाली सरकारबाट समर्थन फिर्ता लिएरै बाहिरियो कांग्रेस

    काठमाडौं। नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। प्रदेश सरकारमा कांग्रेसबाट बनेका तीन मन्त्रीले आज राजीनामा दिएका हुन्।

    केन्द्र सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन्।

    अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउनु भएको हो।

    राजीनामा बुझाउनुअघि तीनै मन्त्रीले आफ्नो कार्यकालमा गरेको कामको प्रगति विवरण पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका थिए। सोही क्रममा प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जानकारी दिइएको थियो ।


    मंगलवार, फाल्गुण २२ २०८००२:४६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij