Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मन्त्रीहरुलाई बिदा हुन नेकपा एसको निर्देशन

मन्त्रीहरुलाई बिदा हुन नेकपा एसको निर्देशन

  • सोमवार, फाल्गुण २१ २०८०

  • 1.7K
    SHARES

  • मन्त्रीहरुलाई बिदा हुन नेकपा एसको निर्देशन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ।

    प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको नेकपा एसले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो ।

    सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले भन्नुभयो, ‘प्रधानमन्त्रीले हाम्रा मन्त्रीजीहरूलाई के भन्नुभयो त्यो थाहा भएन । तर, हामीले अहिले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिइसकेका छौं ।’

    प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । त्यस्तै नन्दा चपाईँ भौतिकमै राज्यमन्त्री छिन् ।


    सोमवार, फाल्गुण २१ २०८००५:३९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij