Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, नयाँ सत्ता गठबन्धनबारे जानकारी

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, नयाँ सत्ता गठबन्धनबारे जानकारी

  • सोमवार, फाल्गुण २१ २०८०

  • 1.1K
    SHARES

  • राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, नयाँ सत्ता गठबन्धनबारे जानकारी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराउनु भएको छ ।

    कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेर त्यसको जानकारी राष्ट्रपतिलाई गराउनुभएको हो ।

    प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि जानकारी गराउनु भएको छ ।नयाँ सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएको छ । बालुवाटारमा साढे २ बजे फेरि बस्नेगरी नेताहरु उठेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ ।

    त्यसका लागि दिउँसो फेरि बस्ने बैठकमा लिखित सहमति गर्ने तयारी छ ।अहिले एमाले, माओवादी, रास्वपा र जसपासहित सबै आन्तरिक छलफलमा जुटेका छन् ।


    सोमवार, फाल्गुण २१ २०८००१:१८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij