Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

टीआरसी विधेयकमा आज पनि जुटेन सहमति,सरकारले माग्यो समय

टीआरसी विधेयकमा आज पनि जुटेन सहमति,सरकारले माग्यो समय

  • आइतवार, फाल्गुण २० २०८०

  • 578
    SHARES

  • टीआरसी विधेयकमा आज पनि जुटेन सहमति,सरकारले माग्यो समय

    काठमाडौं।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक(टीआरसी)विधेयक टुंगोमा पुराउन छलफलमा जुटेका दलहरुको आजको बैठक पनि विनानिष्कर्ष टुंगीएको छ। प्रतिनिधिसभाअन्तर्गतको कानुन,न्याय तथा मानव अधिकार समितिको आजको बैठकबाट सो विषय टुंगो लगाउने नेताहरूले बताएका थिए।

    सरकारले संशोधन गरेर ल्याएको विधेयकको मस्यौदा आउँदो बैठकमा पेस र पारित गरिने समितिका सभापति विमला सुवेदीले जानकारी दिनुभयो। दुई विषयमा थप समय आवश्यक परेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा बताउनु भयो।

    “पीडितको सहमति स्वतन्त्र सहमति नभए के गर्ने भन्ने र घटी सजायको कुरा छ। कति घटी गर्नेमा प्रतिशत तोक्ने कुरा भएको छ, कति तोक्ने ? यो दुई विषयले समय माग्यो, अरू विषय मिल्यो,” उहाँले भन्नुभयो।

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सो विषय टुंगो लगाउन आफूहरू सकारात्मक भएको बताउनु भयो। “सरकारले समय माग्नु राम्रो हो, छलफल गरौँ । एमाले सकारात्मक छ,” बर्तौलाले भन्नुभयो।

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पु¥याउन दलहरू निकै नजिक पुगेका नेताहरूको भनाइ छ।


    आइतवार, फाल्गुण २० २०८००४:४०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij