काठमाडौं। सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। आजका लागी बोलाइएको बैठक कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेश सभाको तेस्रो अधिवेशनको १० औँ बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको थियो। समितिको निर्देशनमा सो बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिनुभयो ।
प्रदेश सभामा सुदूरपश्चिम निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन अवस्थामा र सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को मस्यौदा विचाराधीन अवस्थामा छ।