Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘विदेशिनुपर्ने अवस्था परिवर्तन गर्नुपर्छ’ : प्रधानमन्त्री ‘प्रचण्ड’

‘विदेशिनुपर्ने अवस्था परिवर्तन गर्नुपर्छ’ : प्रधानमन्त्री ‘प्रचण्ड’

  • शनिवार, फाल्गुण १९ २०८०

  • 673
    SHARES

  • ‘विदेशिनुपर्ने अवस्था परिवर्तन गर्नुपर्छ’ : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसाका लागि विदेशिनुपर्ने अवस्था परिवर्तन गर्नुपर्ने बताउनु भएको छ।

    अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सम्बोधन गर्दै आज उहाँले शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्ने नेपाली विदेशीने अवस्था परिवर्तन गर्नुपर्ने बताउनु भएको हो।

    उहाँले भन्नुभयो, ’गौतमबुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुपर्छ।’ उहाँले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनु भयो।

    प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको भन्दै भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तबसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने बताउनुभयो।


    शनिवार, फाल्गुण १९ २०८००४:३४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij