Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गायक सुनिल गिरीको ‘मसला’ बजारमा (भिडियोसहित)

गायक सुनिल गिरीको ‘मसला’ बजारमा (भिडियोसहित)

  • बिहिवार, कार्तिक ६ २०७७

  • 2.5K
    SHARES

  • गायक सुनिल गिरीको ‘मसला’ बजारमा (भिडियोसहित)

    काठमाडौँ । लोकप्रिय पप गायक सुनिल गिरीको 'मसला' बजारमा आएको छ । गिरीले आफ्ना दर्शकका लागि दशैँको कोशेलीका रुपमा मसला भिडिायोसहित सार्वजनिक गरेका छन् ।

    कोरोना कहरको समयमा पनि संगीत सृजनामा निकै तल्लिन गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको मसलामा सुनिललाई स्वरमा साथ पछिल्लो समय चर्चित गायिका एलिना चौहानको स्वर रहेको छ ।

    सँधै नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहार सुधिर श्रेष्ठ, बुद्धि तामागं, नायिका जेबिका कार्की र विशाल रेग्मीलाई आफ्नो भिडियोमा स्थान दिएका छन् ।

    गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतमा टिकटकबाट चर्चा कमाएका सुधिर र जेबिकाको जोडी गज्जब जमेको छ । सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।

    विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् । सुनिलकै कन्सेप्टमा तयार भएको मसला सुनिकै च्यान मार्फत सार्वजनिक गरिएको हो ।

     


    बिहिवार, कार्तिक ६ २०७७०८:०६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij