Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘सरकार सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको छ’: प्रधानमन्त्री ‘प्रचण्ड’

‘सरकार सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको छ’: प्रधानमन्त्री ‘प्रचण्ड’

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 682
    SHARES

  • ‘सरकार सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको छ’: प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अगाडी बढिरहेको दाबी गर्नुभएको छ। ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन गर्दै आज उहाँले यस्तो बताउनु भएको हो ।

    प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न बर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित क्रियाशील रहेको दाबी गर्नुभयो।

    उहाँले दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताउनुभयो।

    नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान छ दशमलव सात प्रतिशत र रोजगारीको क्षेत्रमा छ दशमलव नौ प्रतिशत रहेको उल्लेख गर्दै उहाँले चितवनमा २०२३ मा १लाख ९० हजार ४५८जना पर्यटकको आगमन भएको आफूले जानकारी पाएको बताउनुभयो।

    ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ आजदेखी ‘भरतपुर भ्रमण वर्ष २०२४’ सुरु गरिएको हो ।

     


    शुक्रवार, फाल्गुण १८ २०८००५:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij