काठमाडौं। प्रतिनिधिसभा सदस्य दिपक खड्काले देशको समृद्धीसँग जोडिएको किमाथांका नाका संचालनमा बिलम्ब नगर्न सरकारलाई सचेत गराउनु भएको छ।
आजको संसद वैठकमा विषेश समय लिएर बोल्दै सांसद खड्काले संखुवासभा र देशको समृद्धीसँग जोडिएको किमाथांका नाका संचालनमा किन ढिलाइ भईरहेको छ ? भन्दै प्रश्न गर्नुभएको थियो।
यस्तै सांसद खड्काले गत असार २ गतेको भीषण वर्षाले संखुवासभा लगायतका जिल्लामा गएको बाढीपहिरोका कारणले भएको धनजनको क्षतिको विषयमा सरकार उदासीन बनेको गुनासो गर्नुभयो।
उक्त बाढीपहिरोबाट ३ जनाको मृत्यु भएको, १९ जना वेपत्ता भएका, घरपालुवा पशुपक्षीमा क्षति पुग्नुका साथै हजारौँ रोपनी जग्गा, सडक, पुल, जलविद्युत केन्द्रमा समेत ठूलो क्षति पुगेको भन्दै पीडितहरुले सरकार भएको अनुभूती गर्न पाउने कि नपाउने ? प्रश्न सोध्नुभयो।
उहाँले सहकारी पीडित, लघुवित्त पीडित र मिटरव्याजी पीडितको समस्या राज्यकै समस्या रहेको भन्दै मेचीदेखी २७४ कि.मी र महाकाली वाट ५०१ कि.मी लामो पैदल यात्राको मर्म सरकारले अनुभुती गर्नुपर्नेमा जोड दिनुभयो।
खड्काले २०७८ चैत १७ गतेको मन्त्रीपरिषद् बैठकबाट पास भएको अरुण तेस्रो जलविद्युत आयोजनाको छुट मुआब्जा स्थानीयले कहिले पाउँछन् ? भन्दै प्रश्न गर्नुभयो ।