Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

'जसको संसदमा एकसिट पनि छैन, उहि प्रधानमन्त्री बन्छु भन्दै हिँड्याछ' : केपी ओली

'जसको संसदमा एकसिट पनि छैन, उहि प्रधानमन्त्री बन्छु भन्दै हिँड्याछ' : केपी ओली

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 1.9K
    SHARES

  • 'जसको संसदमा एकसिट पनि छैन, उहि प्रधानमन्त्री बन्छु भन्दै हिँड्याछ' : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा एकसिट पनि नभएका व्यक्तिहरूले प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने गरेको टिप्पणी गर्नुभएको छ।

    आज काठमाडौंमा आयोजित नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू पनि असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै एकसिट पनि नभएका व्यक्तिहरु हिँड्ने गरेको बताउनु भएको हो।

    अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको उहाँले बताउनु भयो। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले त्यस्ता भित्र पर्ने पार्टी नभएको र आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको प्रष्ट पार्नुभयो।

    अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नू गलत भएको भन्दै अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको आरोप लगाउनु भयो। उहाँले सिर्जन संस्कृतिको विकासको लागि पठन संस्कृतिको विकास आवश्यक रहेको धारणा राख्नुभयो।


    शुक्रवार, फाल्गुण १८ २०८००३:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij