काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार(आज) सेयर बजार एकल अंकले बढेको छ । नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ०.३१ प्रतिशतले बढेर ३५७.०९ विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन हिजो नेप्से परिसूचक १३.२८ अंकले बढेको थियो ।
यसदिन ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६.२१ रुपैयाँमा खरिदबिक्री भए । नेप्से एकल अंकले बढ्दा कारोबार रकम सोमबारको तुलनामा घटेको छ । सोमबार २ अर्ब १ करोड ७७ बराबरको सेयर कारोबार भएको थियो ।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बोटलर्स नेपाल र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्कट लेभलमा कारोबार भएको हो ।
यसदिन चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले गुमाए । सो कम्पनीको ५.०६ प्रतिशतले मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो । सो कम्पनीको १४ करोड १ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।
शिवं सिमेन्टको ८ करोड,हिमालयन रिइन्स्योरेन्सको ६ करोड,ग्रोथ सिमेन्टको ५ करोड र हिमालयन डिस्टिलरीको ३ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
यसदिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको स्थिर रह्यो ।