Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक पुनः सुरु, जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधि सभा बैठक पुनः सुरु, जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

  • सोमवार, फाल्गुण १४ २०८०

  • 382
    SHARES

  • प्रतिनिधि सभा बैठक पुनः सुरु, जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

    काठमाडौं। प्रतिनिधि सभाको सोमवारको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

    १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । रुलिङ भएसँगै सभाको बैठक नियमित रूपमा सुचारु भएको छ ।

    सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भन्नुभयो, ‘माननीय सदस्यहरू, बैठकमा नियमित रूपमा यहाँहरूले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरूले उठाउनुभएको विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

    यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विवादित मन्त्रीहरूको राजीनामाको माग गरेका थिए । मन्त्रीहरू विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।


    सोमवार, फाल्गुण १४ २०८००१:१९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij