Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

मन्त्री, सभामुख पाए भइहाल्ने, विरोध पनि गर्ने : माधव सापकोटा

मन्त्री, सभामुख पाए भइहाल्ने, विरोध पनि गर्ने : माधव सापकोटा

  • आइतवार, फाल्गुण १३ २०८०

  • 755
    SHARES

  • मन्त्री, सभामुख पाए भइहाल्ने, विरोध पनि गर्ने : माधव सापकोटा

    काठमाडौं । माओवादी सांसद माधव सापकोटाले वर्तमान व्यवस्था र संविधानको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले व्यवस्थाको बारेमा अनर्गल प्रचार भइरहेको भन्दै त्यस्तो धारणा राख्नुभएको हो ।

    सापकोटा राप्रपाविरुद्ध खनिएका छन् । ‘यही संविधानले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद भएर लोगो लगाएर सारा सेवा सुविधा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने प्रदेशतिर गएर सभामुख पनि लिइहाल्ने फेरि यो संविधानलाई विरोध गर्ने’, उहाँले भन्नुभयो, ‘यो संविधान र यो व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्र हुन सक्दैन ’

    सापकोटाले संसद्को लोगो लगाएर सेवा सुविधा लिने र व्यवस्थाको विरोध गर्ने भन्दै त्यो नैतिकपूर्ण नरहेको टिप्पणी गर्नुभएको थियो । संसद्‍मा संविधानविरुद्ध आवाज उठ्न थालेको भन्दै त्यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।


    आइतवार, फाल्गुण १३ २०८००१:५०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij