Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कात्तिक ८ गतेबाट क्लिन फिड लागू हुने

कात्तिक ८ गतेबाट क्लिन फिड लागू हुने

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.2K
    SHARES

  • कात्तिक ८ गतेबाट क्लिन फिड लागू हुने

    काठमाडौं । सरकारले विदेशी च्यानलको क्लिन फिड (विज्ञापनरहित प्रसारण)को निर्णयबाट पछि हट्न नसक्ने भन्दै सम्पूर्ण विदेशी च्यानललाई क्लिन फिड च्यानल प्रसारण गर्न आग्रह गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन नियमन गर्ने ऐन र नियमावलीअनुसार कात्तिक ८ गतेबाट क्लिन फिड लागू हुने व्यवस्था कार्यान्वयन हुने बताउनुुभएको छ ।

    आज पत्रकार सम्मेलन गर्दै गुरुङले क्लिनफिड लागू गर्ने निर्णय ऐतिहासिक भएको भन्दै सरकार यसबाटपछि नहट्ने बताउनुुभएको हो । सरकारले ऐन र नियमावलीको भावनाअनुसार यो व्यवस्था कार्यान्वयन गर्न लागेको उहाँको भनाई छ ।

    विज्ञापन ऐनअनुसार ऐन प्रमाणीकरण भएको एक वर्षभित्र क्लिनफिड लागू हुनुपर्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष कात्तिक ७ गते ऐन प्रमाणीकरण गर्नुभएको थियो ।


    बिहिवार, कार्तिक ६ २०७७०४:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij