Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

विपक्षी सांसदबाट संसद अवरुद्ध, एमाले थप आक्रोसित

विपक्षी सांसदबाट संसद अवरुद्ध, एमाले थप आक्रोसित

  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 694
    SHARES

  • विपक्षी सांसदबाट संसद अवरुद्ध, एमाले थप आक्रोसित

    काठमाडौं। प्रमुख विपक्षी नेकपा एमालेले शुक्रवारको संसद बैठक अवरुद्ध गरेको छ ।

    एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै आएको छ । आजको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएको थियो ।

    तर सत्तारुढ नेपाली कांग्रेसका सांसद राजन केसीले बिहीबारको बैठकमा गणपुरक संख्या पुग्छ भनेर विपक्षी सांसदहरु बैठक छोडेर गएको आरोप लगाएपछि एमाले थप आक्रोसित भएको छ ।

    केसीले भनेका थिए, हिजो राजनीतक दलसम्बन्धी विधेयक पेश गर्ने बेलामा प्रतिपक्षको अनौठो नाटक मञ्चन देखियो ।

    ठ्याक्क गणपुरक पुग्छ कि भनेर १०÷१५ जना सांसद बाहिर जानुभयो ।’त्यससँगै संसदमा वादप्रतिवाद सुरु भयो । उहाँले यति भन्नसाथ एमाले सांसदहरुले उठेर विरोध गरे, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपाका सांसदहरुले पनि साथ दिएका थिए ।


    शुक्रवार, फाल्गुण ११ २०८००१:२७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij