काठमाडौं । नेकपा एमालेले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
जारी प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप समेत लगाउनुभएको छ ।
मिटरब्याज पीडितको माग किन सम्बोधन भएन भन्दै नेता भट्टराईले प्रश्न गर्नुभएको छ । लघु वित्तको समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थालाई आतंकित गर्ने काम नगर्न पनि उहाँले सरकारलाई भन्नुभएको छ ।
यस्तै, गत पुस ११ गते बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको घटनामा गरिएको छानबिन प्रतिवेदन संसदमा प्रस्तुत गर्न मागसमेत गर्नुभएको छ ।