Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ऋण तिर्दिन भन्नेहरुलाई निगरानीमा राख्न गृहमन्त्रीको निर्देशन

ऋण तिर्दिन भन्नेहरुलाई निगरानीमा राख्न गृहमन्त्रीको निर्देशन

  • बिहिवार, फाल्गुण १० २०८०

  • 886
    SHARES

  • ऋण तिर्दिन भन्नेहरुलाई निगरानीमा राख्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण तिर्दिन भन्नेहरुलाई निगरानीमा राख्न निर्देशन दिनुभएको छ । ऋण लिएर तिर्दिन भन्दै अवाञ्छित गतिविधि गर्नेहरुमाथि निगरानी गर्न मन्त्री श्रेष्ठले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।

    गृह मन्त्रालयले बिहीबार बाँकेको नेपालगञ्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले सो निर्देशन दिनुभएको हो।

    वित्तीय अपराधका कारण ठूलो संख्यामा नागरिक ठगिएका, सहकारी, मिटर ब्याज, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा अधारित भएर गरिएका अवैध काम, वैदेशिक रोजगारीका नाममा ठगी चुनौतीका रुपमा देखिएको समेत उहाँले बताउनु भएको छ ।

    आर्थिक रुपमा ठगिएका र गुजारा गर्न कठिन भएका नागरिकलाई सरकारले विशेष सहुलियतका कार्यक्रम ल्याउन लागेको जानकारी पनि मन्त्री श्रेष्ठले दिनुभएको थियो ।


    बिहिवार, फाल्गुण १० २०८००१:२३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij