Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

के हो डिजिटल कांग्रेस ?

के हो डिजिटल कांग्रेस ?

  • बुधवार, फाल्गुण ९ २०८०

  • 1.4K
    SHARES

  • के हो डिजिटल कांग्रेस ?

    काठमाडौं। नेपाली कांग्रेसले डिजिटल कांग्रेसको अवधारणा अगाडि बढाएको छ। पार्टीका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेश गर्नु भएको प्रस्तावमा डिजिटल कांग्रेसको अवधारणा बारे लेखिएको छ।

    पार्टीलाई प्रभावकारी बनाउन अपनाउनु पर्ने २० काम मध्ये १२औँ कामको रुपमा महामन्त्री थापाले डिजिटल कांग्रेस बनाउनु पर्नेमा जोड दिनु भएको हो ।

    उहाँका अनुसार पार्टीको सङ्गठन सञ्चालनका लागि सुचना प्रविधिलाई अत्यधिक प्रयोग गर्नुपर्ने, पार्टी भित्रको वा आम नागरिकसँगको छलफल तथा अन्तरक्रियाहरु पनि डिजिटल माध्यमबाट नै धेरै भन्दा धेरै गर्नुपर्ने आवश्यकता छ।

    त्यसैगरी जिम्मेवारी र मुल्यांकनका लागि पनि डिजिटल प्रविधिको प्रयोग गर्ने र सदस्यता आवेदनदेखि नविकरणसम्मका काम पनि अनलाईन मार्फत गर्ने कार्यलाई थप प्रभावकारी बनाउने महामन्त्री थापाको प्रस्तावमा उल्लेख छ।

    पार्टीको निर्णय प्रक्रियामा आम नागरिकको आवाज सुनिने बनाउन पनि डिजिटल कांग्रेसको आवश्यकता रहेको उहाँको जोड छ। महामन्त्री थापाको प्रस्तावलाई बैठकमा सहभागी धेरैले अति सान्दर्भिक भन्दै अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।


    बुधवार, फाल्गुण ९ २०८००८:२७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij