Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटी बैठकः आजबाट समूहगत छलफल हुँदै

एमाले केन्द्रीय कमिटी बैठकः आजबाट समूहगत छलफल हुँदै

  • बुधवार, फाल्गुण ९ २०८०

  • 374
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठकः आजबाट समूहगत छलफल हुँदै

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ। हिजोबाट सुरु भएको बैठकमा आजबाट समूहगत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनु भएको छ।

    बैठकमा हिजो प्रस्तुत गरिएका चारवटा कार्ययोजनामा आजबाट नौवटा समूहले समूहगत छलफल गर्ने तयारी रहेको गौतमले बताउनु भयो। गौतमकाअनुसार समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको छ।

    पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको समूह बनाइएको छ।

    आज बिहान १० बजेबाट समूहगत नियमित छलफल हुनेछ। छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ।

    बैठकको सुरुमा हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गर्नुभएको थियो।

    हिजो ०८१ को वैशाखदेखि सञ्चालन गर्ने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले राख्नुभएको थियो।

    पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो ।


    बुधवार, फाल्गुण ९ २०८००७:२२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij