काठमाडौ। परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी)साउद आज भारत भ्रमणमा निस्किनुहुने भएको छ। बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन परराष्ट्रमन्त्री साउद आज नयाँदिल्ली प्रस्थान गर्न लाग्नुभएको हो ।
मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि सामुहिक तथा छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने तालिका तय भएको छ।
रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो।