Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रकाश ज्वालाले दिएनन् राजीनामा, दबाबलाई प्रतिवाद गरिरहेको भनाइ, आवश्यक छलफल भइरहेको प्रधानमन्त्रीको भनाइ(खासखबर)

प्रकाश ज्वालाले दिएनन् राजीनामा, दबाबलाई प्रतिवाद गरिरहेको भनाइ, आवश्यक छलफल भइरहेको प्रधानमन्त्रीको भनाइ(खासखबर)

  • मंगलवार, फाल्गुण ८ २०८०

  • 630
    SHARES

  • प्रकाश ज्वालाले दिएनन् राजीनामा, दबाबलाई प्रतिवाद गरिरहेको भनाइ, आवश्यक छलफल भइरहेको प्रधानमन्त्रीको भनाइ(खासखबर)

    काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब बढेको छ। प्रधानमन्त्रीले पनि दबाब सहन गर्न नसकेर ज्वालाको विषयमा आजै निर्णय हुने बताउनुभएको थियो।

    बालकुमारी घटना छानबिन गर्न बनेको समितिले दुईजना युवाको मृत्यु भएको विषयमा मन्त्री ज्वाला र प्रहरी अधिकारीहरुलाई दोषी बनाएको छ। तर, मन्त्री ज्वालाले दबाबको प्रतिवाद गर्ने अडान लिनुभएको छ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री, भौतिक मन्त्रीहरुले लाज पचाएर बसेको आरोप लगाएको छ। एमाले नेता डा.राजन भट्टराईले राजनीतिमा नैतिकता हराएको भन्दै आफैले बनाएको आयोगले दोषी ठहर गर्दा पनि कारबाही नभएकोप्रति आक्रोश व्यक्त गर्नुभयो।

    नेकपा एकीकृत समाजवादीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्नेमा गलत ठाउँमा अनुसन्धान अघि बढेको दाबी गर्नुभयो। जुन मन्त्रालयले घटनाको जवाफदेहिता लिनुपर्ने हो उसलाई चयन भएको तर अर्कै मन्त्री तार्गेटमा परेको भन्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले आपत्ति जनाउनुभयो।

    राजनीतिक विश्लेषक महेश भट्टराईले मन्त्री ज्वालालाई प्रधानमन्त्रीले समेत बर्खास्त गर्न नसक्नु निरिहता रहेको बताउनुभयो।आफै नैतिकता देखाउनुपर्ने ठाउँमा मन्त्री चुकेको उहाँको भनाइ छ। विश्वका विभिन्न मुलुकमा राजनीतिक आर्दशलाई उच्चसम्मान गर्ने प्रचलन रहेकोमा नेपालमा हराउँदै गएको बताउनुभयो।

    विश्व राजनीतिमा आफूले सम्हालेको मन्त्रालय मातहत केही घटना दुर्घटना भए आलोचना आउँदा मन्त्रीहरुले राजीनामा दिने प्रचलन पनि रहेको छ।

    यतिबेला नेपालको हकमा त मन्त्री स्वंय घटनास्थलमै पुगेका बेला तनाव भड्किएको देखाउँछ । यसकारण पनि गृहमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री ज्वालाले उच्च राजनैतिक संस्कार देखाउन जरुरी छ ।


    मंगलवार, फाल्गुण ८ २०८००८:०३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij