Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने छ : कांग्रेस

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने छ : कांग्रेस

  • मंगलवार, फाल्गुण ८ २०८०

  • 730
    SHARES

  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने छ : कांग्रेस

    काठमाडौं । कांग्रेसको महासमिति बैठकमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धतासहितको दस्तावेज पेस भएको छ । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको दस्तावेजमा हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट छ ।

    ुसुशासन र भ्रष्टाचार नियन्त्रण आम नागरिकको चासो र सरोकारको विषय हो । नेपाली समाजमा असमानता बढाउने प्रमुख कारक भनेको कुशासन र भ्रष्टाचार हो । समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एकअर्काका पूरक हुन् । यो नै लोकतन्त्र र समृद्धिको आधार पनि हो । लोकतन्त्र आत्मअनुशासनसँग जोडिन्छ र आत्मअनुशासन निष्ठा, नैतिकता र आत्मबोधसँग जोडिन्छ । यी आदर्श राज्य संयन्त्रसँग जोडिनका लागि कठोर नीति र असल नियत आवश्यक हुन्छ । नेपाली कांग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्दछु कांग्रेसको दस्तावेजमा छ ।

    वर्तमान सरकारले सुशासनका सम्बन्धमा केही सकारात्मक कदम चालेको खड्काले दाबी गर्नुभएको छ । यो हाम्रा लागि सुखद र आशा लाग्दो संकेत हो तर यति हुँदाहुँदै पनि सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता छ । यसकाप्रति नेपाली कांग्रेस आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछु खड्काले पेश गरेको दस्तावजेमा छ ।

    नीतिको कार्यान्वयन र अनुगमन प्रक्रिया पारदर्शी हुनुपर्ने र देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनको स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने उल्लेख छ ।


    मंगलवार, फाल्गुण ८ २०८००२:१०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij