काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । हिजो काठमाडौं उत्रेलगत्तै राजनीतिक दलका नेता तथा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता थालेका गोयलले बुुधबार राती बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुुष्टि भएको हो ।
प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख गोयलबीच हिजो नै प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार भेटवार्ता भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुुभएको छ । भेटका क्रममा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, सीमा समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले बताउनुुभयो।
गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट पनि गरेको सुरक्षा अधिकारीहरूले बताएका छन्। तर अध्यक्ष प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको भने नेता नेपालले पनि आफुले भेट नगरेको बताउनुुभएको छ । प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा जुगलले आज प्रेस नोट जारी गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो भेटघाट नगरेको र भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।