Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने

  • मंगलवार, फाल्गुण ८ २०८०

  • 375
    SHARES

  • एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नुहुने छ। साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।


    मंगलवार, फाल्गुण ८ २०८००७:३०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij