Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘प्रधानमन्त्रीले भागवण्डा बिनै एकलौटी रुपमा त्रिविको उपकुलपति बनाउँदैछन्’ : केपी ओली

‘प्रधानमन्त्रीले भागवण्डा बिनै एकलौटी रुपमा त्रिविको उपकुलपति बनाउँदैछन्’ : केपी ओली

  • सोमवार, फाल्गुण ७ २०८०

  • 705
    SHARES

  • ‘प्रधानमन्त्रीले भागवण्डा बिनै एकलौटी रुपमा त्रिविको उपकुलपति बनाउँदैछन्’ : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असफल सिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको आरोप लगाउनु भएको छ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नगरी एकलौटी गरेको आरोप लगाउनु भएको हो।

    ओलीले भन्नुभयो, ‘एउटा समिति बनाउने छानबिन गर्ने यताउती गर्ने असफल सिद्ध भइसकेका मानिसहरुको छनोट गर्ने। अहिले ३ जना सिफारिस भएको छ क्यारे, तीन जनामा पनि तेस्रोचाहिँ नियुक्त होलाजस्तो लाग्छ छाँटकाँट हेर्दा, किनभने अलि बढ्तै असफल मान्छे चाहियो नि। त्यसो भएर तृतीय नम्बरको नियुक्त हुनुहोला कि जस्तो लाग्छ ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाउनु भएको थियो। सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ।


    सोमवार, फाल्गुण ७ २०८००४:०४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij