Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु मंगलबार बिहान मात्रै पेश गरिने

नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु मंगलबार बिहान मात्रै पेश गरिने

  • सोमवार, फाल्गुण ७ २०८०

  • 516
    SHARES

  • नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु मंगलबार बिहान मात्रै पेश गरिने

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु भोलि मंगलबार बिहान मात्रै पेश गरिने भएको छ ।

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहान प्रतिवेदनहरु छलफलका लागि पेश हुने जानकारी गराउनुभयो । बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने मुख्य सचिव पौडेलले उदघाटन सत्रमा जानकारी गराउनुभयो ।

    पाँचवटा प्रस्ताव महासमिति बैठकमा पेश हुने भनिए पनि मंगलबार चारवटा पेश हुने भएको छ ।

    उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नुहुनेछ ।

     


    सोमवार, फाल्गुण ७ २०८००३:५७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij