Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘राष्ट्रिय स्वाधिनता दुर्घटनामा पर्ने खतरा छ’: प्रधानमन्त्री प्रचण्ड

‘राष्ट्रिय स्वाधिनता दुर्घटनामा पर्ने खतरा छ’: प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, फाल्गुण ७ २०८०

  • 761
    SHARES

  • ‘राष्ट्रिय स्वाधिनता दुर्घटनामा पर्ने खतरा छ’: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय स्वाधिनता दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभएको छ। आज समाजवादी शैक्षिक मञ्च,नेपालको उद्घाटनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

    अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरेयताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्गसंघर्षहरु सबैलाई एकैठाउँमा राखेर हेर्दा देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो कि फेरि त्यही निरंकुशतातिर फर्कने भन्ने लडाइँ कायमै रहेको उहाँको भनाई थियो।

    प्रधानमन्त्री प्रचण्डले ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको बताउनुभयो। उहाँले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको दाबी गर्नुभयो।

    उहाँले भन्नुभयो,‘अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरेयताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्ग संघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्ने हो भने हरेक क्षेत्रमा यो परिवर्तन अब समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो कि फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरुको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो? यो लडाईं सर्वत्र छ भनेर म तपाईंहरुलाई भन्न चाहन्छु।’

    प्रधानमन्त्री प्रचण्डले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्र ठीक छैन, समावेशी, समानुपातिकता ठीक छैन, शिक्षा सुधार ठीक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर लागेको दाबी गर्नुभयो।

     


    सोमवार, फाल्गुण ७ २०८००३:४७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij