Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीसँग भेटेर रअका प्रमुख गोयल दिल्ली फर्किए

प्रधानमन्त्रीसँग भेटेर रअका प्रमुख गोयल दिल्ली फर्किए

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्रीसँग भेटेर रअका प्रमुख गोयल दिल्ली फर्किए

    काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल आज दिल्ली फर्केका छन्। विमानस्थलस्थित एक जना सुरक्षा अधिकारीले जनाएअनुसार बुधबार विशेष विमानबाट काठमाडौं उत्रेको गोयलको टोली २१ घण्टा काठमाडौंमा बिताएर बिहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्लीका लागि उडेको हो ।

    हिजो काठमाडौं उत्रेलगत्तै राजनीतिक दलका नेता तथा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता थालेका गोयलले राती बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको उच्च सुरक्षा स्रोतहरूले जनाएका छन् । तर प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरूले यसबारे केही थाहा नभएको बताएका छन् ।

    कुटनीतिक स्वीकृति लिएर आएका गोयलको आकस्मिक नेपाल भ्रमणबारे सरकारका कुनै पनि निकायले औपचारिक जानकारी दिएका छैनन् । कार्तिक १८ गतेदेखि हुने तय भएको भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको तयारीको क्रममा गोयल नेपाल आएको अनुमान गरिए पनि भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलेको छैन ।

    गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेको सुरक्षा अधिकारीहरूले बताएका छन्। तर अध्यक्ष प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको छ । प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बिहीबार बिहान प्रेस नोट जारी गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो भेटघाट नगरेको र भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।


    बिहिवार, कार्तिक ६ २०७७१२:५१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij