Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अध्यागमनका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

अध्यागमनका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

  • आइतवार, फाल्गुण ६ २०८०

  • 541
    SHARES

  • अध्यागमनका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
    काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
     
    मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङविरुद्ध आयोगले विशेषसमक्ष ११ करोड ९ लाख १७ हजार चार सय ५८ रुपैयाँ ८८ पैसाको बिगो मागदाबी लिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको आयोगका प्रवक्ता एवम् सहसचिव नरहरि रेग्मीले बताउनुभयो ।


    आइतवार, फाल्गुण ६ २०८००५:०९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij