Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाको संयोजकमा विप्लव

समाजवादी मोर्चाको संयोजकमा विप्लव

  • आइतवार, फाल्गुण ६ २०८०

  • 578
    SHARES

  • समाजवादी मोर्चाको संयोजकमा विप्लव

    काठमाडौं। समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन हुनुभएको छ।

    आज बसेको मोर्चाको बैठकले पूर्वसहमति अनुसार आलोपालो नेतृत्वको फर्मुला अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपछि विप्लवलाई संयोजक दिइएको हो।

    बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिनुभयो।

    उहाँले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने निर्णय गरेको पनि बताउनुभयो।

    मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), एकिकृत समाजवादी पार्टी, र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समावेश छन्।


    आइतवार, फाल्गुण ६ २०८००३:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij