काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकका लागि काठमाडौंबाट दैनिक गाडीको व्यवस्था गरेको छ । कांग्रेसको नीति महाधिवेशनमा भाग लिन आउनेहरूलाई महासमिति बैठक स्थल सम्म पुग्नको लागि यातायातको सुविधा तयारी समितिले नेपाल लोकतान्त्रिक यातायात व्यावसायिक सङ्घको सहयोगमा दैनिक गाडीको व्यवस्था गरेको हो ।
सोमबार भोलि ७ गते उद्घाटनको दिनमा बिपी स्मृति भवन, सानेपा (पार्टीको केन्द्रीय कार्यालय ) मा बसहरू राखिएको र आफूलाई पायक पर्ने स्थलबाट पार्टीको ब्यानर, झण्डा भएको बसको सुविधा लिन सकिने कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागका सदस्य अशोक नाथ योगीले जानकारी दिनुभएको छ ।
बस छुट्ने समय र स्थान :
१. नयाँ बसपार्क गोंगबु बिहान ७ः०० बजे
२. भद्रकाली मन्दिर सँगै बिहान ७ः०० बजे
३. गौशाला ,पशुपतिनाथ क्षेत्रको पार्कमा बिहान ७ः०० बजे
४. चक्रपथ महाराजगन्ज बिहान ७ः०० बजे
५. सातदोबाटो बिहान ७ः३० बजे
६. कलङ्की बिहान ७ः०० बजे