Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एमालेले माग्यो यी तीन मन्त्रीको राजीनामा...

एमालेले माग्यो यी तीन मन्त्रीको राजीनामा...

  • आइतवार, फाल्गुण ६ २०८०

  • 939
    SHARES

  • एमालेले माग्यो यी तीन मन्त्रीको राजीनामा...

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारबाट तीन जना मन्त्रीले तत्काल राजीनामा दिन माग गरेको छ।

    आज बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्नुभएको हो।

    बर्तौलाले गत पुस १३गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने माग गर्नुभयो। स्वास्थ्यमन्त्रीमाथि अख्तियारले छानबिन गरेको भन्दै बस्नेतले पनि तत्काल राजीनामा दिनुपर्ने बताउनु भयो।

    त्यस्तै, सचेतक बर्तौलाले रामग्राम क्षेत्रमा नीजि कम्पनी खडा गरेर ९९ वर्षका लागि लिजमा दिने प्रयत्न भएको भन्दै त्यसको जिम्मेवारी पर्यटनमन्त्री सुदन किराँतीले लिनुपर्ने उहाँको जिकिर छ।

    प्रधानमन्त्रीले गम्भीर आरोप लागेका मन्त्रीहरुलाई लिएर सरकार चलाउन नहुने तर्क गर्दै तत्काल उनिहरुको राजीनामा माग्न प्रधानमन्त्रीलाई समेत सुझाव दिनुभयो।


    आइतवार, फाल्गुण ६ २०८००२:२१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij